ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुरको १० औं साधारणसभा सम्पन्न | Jana Aawaj News

ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुरको १० औं साधारणसभा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुरको १० औं साधारणसभा सम्पन्न : Jana Aawaj News

राम चन्द्र प्रजापति
भक्तपुर । । ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुर शाखाको दशौं साधारणसभा संस्थाका अध्यक्ष शिवकुमार त्वायनाको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा ब्लड डोनर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सानुबाबु प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा २०४६ सालमा स्थापना भएको ब्लड डोनर्स एशोसियसनले काम गरेको उल्लेख गर्नु हुँदै विरामीको लागि रगत आवश्यक परेमा मानिसको रगतको विकल्प नभएकोले स्वस्थ रगतको लागि स्वस्थ युवाले रक्तदान गर्नु पर्ने बताउनुभयो ।

रगत आवश्यक पर्ने विरामीलाई रगत विना सोधभर्ना र निशुल्क रगत उपलब्ध गर्न विभिन्न निकायसंग छलफल गरिरहेको प्रमुख अतिथि सानु बाबु प्रजापतिले जानकारी गर्नुभयो। ब्लोदानले रगतको क्षेत्रमा विभिन्न संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न उत्प्रेरणा गरि रक्त संकलनमा योगदान पुर्याइरहेको बताउनुभयो ।

कार्यक्रममा ब्लड डोनर्स एशोसियसनका उज्ज्वल केसी नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका पूर्व सभापति कृष्ण प्रसाद अवाल नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका संयोजक कृष्ण गोपाल लागे ब्लोदान भक्तपुरका सचिव रुकेश रंजित सोम प्रधान निर्मला सुवाल लगाएतले रक्तदान गर्न युवाहरुलाई उत्प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न