कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्य विवाद समाधान २७ गते वडा अधिवेशन हुँदै | Jana Aawaj News

कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्य विवाद समाधान २७ गते वडा अधिवेशन हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्य विवाद समाधान २७ गते वडा अधिवेशन हुँदै : Jana Aawaj News

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान भएको बताइएको छ । लामो समयदेखि रिले अनसनमा बस्दै आएका रौतहटका कार्यकर्ताले शीर्ष नेतृत्वले क्रियाशील सदस्य विवाद समाधान गर्ने बताएपछि उनीहरुले अनशन तोड्न लागेको कांग्रेसले जानकारी गराएको छ ।

मंसिर १० गते भने, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुनेछ भने, मंसिर ३ गते ६१ जिल्लामा प्रदेशसभा अधिवेशन र ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्र्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुने निर्वाचन समितिले जानकारी गराएको छ ।

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १३ जिल्ला मध्य बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा कार्तिक २७ गते वडा अधिवेशन हुने कांग्रेसले जानकारी गराएको छ ।

कांग्रेसको वडा अधिवेशन सकिएपछि उक्त जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति बताएको छ । यस्तै ३ हिमाली जिल्लाको दार्चुला, म्याग्दी सोलुखुम्बु र जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन र कात्तिक २७ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुने समेत बताइएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न