
काठमाडौं । नेपाली कांग्रेसको आउँदो १४ औं महाधिवेशन नजिकिएसँगै प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन मिलेको छ । दुई नेताबीचको गठबन्धनमा पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाइएको छ ।
देउवाको आलोचक र कट्टर विरोधीको रुपमा चिनिने पाौडेल सभापति देउवासँग मिलेर जाने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आफू १४ औं महाधिवेशनमा उठ्ने बताउनुभएको छ भने, कृष्णप्रसाद सिटौलासँग छलफल पश्चात सोहीअनुसार तयारीमा जुटेको बताइएको छ ।
सभापति देउवासँग सिटौला मिलेर जानेभएपछि उनको समूहमा रहेका प्रभावशाली नेता गगन थापा अहिले प्रकाशमान सिंहसँग नजिकीएका छन् । यस्तै १४औं महाधिवेशनमा थापाले सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा समेत गरिसकेका छन् ।
देउवा र पौडेलबिच भएको लामो छलफल पश्चात कसरी जाने भन्नेबारे खाका समेत तयार पार्दै १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाए पौडेललाई चुनावलगत्तै राष्ट्रपति बनाउने देउवाले वचन समेत दिनुभएको छ । आफु सभापतिमा नै उठ्ने र देउवासँग कुनैपनि हालतमा सम्झौता नगर्ने पौडेलको अडान रहेको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295906
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


