१४औं महाधिवेशन नजिकिएसँगै देउवा–पौडेलबिच बन्यो गठबन्धन | Jana Aawaj News

१४औं महाधिवेशन नजिकिएसँगै देउवा–पौडेलबिच बन्यो गठबन्धन

महाधिवेशनपछि पौडेललाई राष्ट्रपति बनाइने

पढ्न लाग्ने समयः < 1 मिनेट
१४औं महाधिवेशन नजिकिएसँगै देउवा–पौडेलबिच बन्यो गठबन्धन : Jana Aawaj News

काठमाडौं । नेपाली कांग्रेसको आउँदो १४ औं महाधिवेशन नजिकिएसँगै प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन मिलेको छ । दुई नेताबीचको गठबन्धनमा पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाइएको छ ।

देउवाको आलोचक र कट्टर विरोधीको रुपमा चिनिने पाौडेल सभापति देउवासँग मिलेर जाने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आफू १४ औं महाधिवेशनमा उठ्ने बताउनुभएको छ भने, कृष्णप्रसाद सिटौलासँग छलफल पश्चात सोहीअनुसार तयारीमा जुटेको बताइएको छ ।

सभापति देउवासँग सिटौला मिलेर जानेभएपछि उनको समूहमा रहेका प्रभावशाली नेता गगन थापा अहिले प्रकाशमान सिंहसँग नजिकीएका छन् । यस्तै १४औं महाधिवेशनमा थापाले सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा समेत गरिसकेका छन् ।

देउवा र पौडेलबिच भएको लामो छलफल पश्चात कसरी जाने भन्नेबारे खाका समेत तयार पार्दै १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाए पौडेललाई चुनावलगत्तै राष्ट्रपति बनाउने देउवाले वचन समेत दिनुभएको छ । आफु सभापतिमा नै उठ्ने र देउवासँग कुनैपनि हालतमा सम्झौता नगर्ने पौडेलको अडान रहेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न