डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न | Jana Aawaj News

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सल्लाघारी उकालो स्थित डा. इवामुरा मेमोरियल अस्पतालले बिहीबार आफ्ना कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको ९ज्ञकत ऋबउबअष्तथ द्यगष्मिष्लन एचयनचबm० आयोजना गरेको छ ।

अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा.उत्तम कृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा उहाँले अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका भएको बताउदैं कर्मचारीहरु निरन्तर रुपमा प्रोत्साहित हुनु पर्नेमा जोडदिनु भएको थियो । साथै उहाँले व्यवस्थापनका आधारहरुका विषयमा एक प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै अस्पतालका प्रवन्ध निर्देशक श्री राजु मृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नुपर्ने बताउँद अस्पतालमा आउने विरामीहरुको सेवा सुविधालाई अझ स्तरीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । साथै कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा अस्पताल व्यवस्थापन सदैव तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा इवामुरा कलेज अफ हेल्थ साइन्सका नर्सिङ् डाइरेक्टर श्री सानुमाया खड्काले अनुशासनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने, अस्पतालका जनरल फिजिसियन डाक्टर श्री महेश चौहानले विरामी व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस्तै अस्पतालका प्रशासन प्रमुख श्री मनिता बज्राचार्यले तनाव व्यवस्थापन र अस्पतालकै मेट्रोन श्री सुरेस धमलाले सञ्चार व्यवस्थापनका विषयमा कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा

अस्पतालका कर्मचारी रंजना गोसाई र रचना दुंगनालाई विदाई तथा सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा अस्पतालका सम्पूर्ण विभागका इन्चार्ज तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न