
काठमाडौं । नेपाली चलचित्र ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । गत सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन् ।
छायांकनको काम सेड्युल अनुसार ६० दिन रहेको बताइएको छ । चलचित्रको छायांकन चित्लाङ पछि काठमाडौं उपत्यकामा हुने छ ।
अहिले निर्देशित यस चलचित्र बस्नेतको ३१ औं रहेको छ । फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल लगायतको मुख्य भुमिका रहेको छ ।
त्यस्तै नवराज गिरी निर्माता रहेको यस फिल्मको लेखक रामकाजी घिमिरे रहेका छन् भने, फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया, एलिस कार्र्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj