निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न | Jana Aawaj News

निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न : Jana Aawaj News

ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा ललितपुर जिल्लामा क्रियाशिल नागरिक समाज र संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचनको क्षेत्रमा कार्यरत विकल श्रेष्ठले निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका किन, कस्तो र कसरी हुनु पर्छ, भन्ने विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहाल र गोदावरी नगरपालिका वडा नं.६ का वडा सदस्य एंव स्थानीय सभा संयोजक गम्भिर राण लगायतका सहभागिहरुले आफ्नो विचार व्यक्त गर्दै नागरिक समाज र संघ संस्थाले निर्वाचन र मतदाता प्रक्रियामा नागरिकहरुको सहभागिता अभिवृद्धि गर्न र सबैको पहुँच बढाउन चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

पर्यवेक्षकको रुपमा जिम्मेवारी निर्वाह गर्दै निर्वाचन प्रक्रियामा हुन सक्ने कमि कमजोरीहरुमा पनि आवाज उठाउँनुपर्ने राजनितिक दलहरुलाई पनि सचेत र सहजक गराँउनुपर्ने कुराहरुमा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा इह्रिकनका कार्यक्रम व्यवस्थापक पंकज राज देवकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागिहरुलाई स्वागत गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न