पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहन्छ ˸प्रचण्ड | Jana Aawaj News

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहन्छ ˸प्रचण्ड

पढ्न लाग्ने समयः < 1 मिनेट
पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहन्छ ˸प्रचण्ड : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ । आज धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैनभन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताउनुभएको छ ।

उहाँले कांग्रेस महाधिवेशनमा भोट बढी आउँछ भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेको बताउदै भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेको बताएका छन् । त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन गर्नका लागि अहिले सवै दलबीच राम्रो समझ्दारी बनेको बताउनुभएको हो । पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको बताउदै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने समेत बताउनुभएको छ ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार बढि पर्ने भएकाले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दा प्रधानमन्त्रीज्यू समेत सकारात्मक हुनुभएको बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न