चीनले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै ताइवान सेनाले बढायो प्रशिक्षण | Jana Aawaj News

चीनले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै ताइवान सेनाले बढायो प्रशिक्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै ताइवान सेनाले बढायो प्रशिक्षण : Jana Aawaj News

एजेन्सी । चीनले कुनै पनि बेला ताइवानलाई आक्रमण गर्न सक्ने डर भएपछि ताइवानी सेनाले प्रशिक्षण बढाएको बताइएको छ । चिनियाँ जनमुक्ति सेनाले महत्वकांक्षी सैन्य आधुनिकीकरण पूरा गरेकाले ताइवानका प्रमुख विमानस्थल र बन्दरगाहलाई नाकाबन्दी गर्न सक्षम भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले पनि सन् २०२७ सम्ममा ताइवान नेतृत्वलाई वार्ताको टेबलमा बस्न बाध्य बनाउने शक्ति चीनले हासिल गरिसकेको बताएको छ ।

यस्तै सन् २०१६ मा सत्ता सम्हालेदेखि ताइवानी राष्ट्रपति त्साई इङ वनले सेनाको शक्ति बढाउन जोड दिएको बताइएको छ । ताइवानले अमेरिकाले व्यापक रूपमा हतियार किनेको छ भने, अमेरिकाका राष्ट्रपति जो बाइडनले ७५ करोड डलर हतियार खरिदको अनुमति दिएका छन् । ताइवानको रक्षा मन्त्रालयले रक्षा क्षमता अभिवृद्धिका लागि थप ९ अर्ब डलर मागेको छ । पाँच वर्षमा उक्त रकम दिलाउन उसले माग गरेको हो । यो वर्तमान रक्षा बजेट भन्दा अतिरिक्त रकम हो । ताइवानको भविष्य जोखिममा परेको भन्दै सबै पुरुष नागरिकलाई राष्ट्रिय सेवा अनिवार्य रूपमा गर्न सरकारले आह्वान गरेको छ । यसको अर्थ चिनियाँ सेनासँग लड्न तयार रहन भनेको हो ।

ताइवानमा अहिले एक लाख ८८ हजार सैनिक रहेको छन् । धेरै संख्यामा सैनिकलाई अलर्ट मोडमा राख्न नमिल्ने भएकाले ताइवानले रिजर्भ सेना तयारीमा जोड दिएको छ । यी रिजर्भ फोर्सहरूले चीनबाट बमवर्षा हुँदा धावनमार्गलाई मर्मत गर्न सक्छन भने, वाहनलाई ठीक पार्न सक्छन् र खाल्डो खन्ने काम गर्न सक्ने बताएका छन् । आक्रमण भएको खण्डमा १० लाख रिजर्भ सैनिकहरूलाई पहिलो राउन्डमा बोलाइन सक्छ भने, कतिपय सैन्य विशेषज्ञहरू यस रणनीतिमा प्रश्न उठाउदै रिजर्भ सैनिकहरूले युद्ध लड्न नसक्ने बताइरहेका छन् ।

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न