भारतमा १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरियो | Jana Aawaj News

भारतमा १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरियो

पढ्न लाग्ने समयः 1 मिनेट
भारतमा १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरियो : Jana Aawaj News

एजेन्सी । गत २४ घण्टामा भारतमा ३२ लाख ९९ हजार ३ सय ३७ खोप प्रदान गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो सँगै भारतमा हालसम्म १ सय १६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरिएको बताइएको छ ।
मन्त्रालयका अनुसार यी सबै खोप १ करोड २० लाख ७७ हजार ३ सय २४ सत्र मार्फत प्रदान गरिएका हुन्। यसका साथै गत २४ घण्टामा १२ हजार ५ सय १० जना संक्रमित विरामी निको भएका छन्। हालसम्म भारतमा निको हुनेको कूल संख्या ३ करोड ३९ लाख ३४ हजार ५ सय ४७ पुगेको छ । जसका कारण भारतको संक्रमण मुक्त दर ९८ दशमलव १३ प्रतिशत पुगेको छ । केन्द्र, राज्य सरकार, र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासका कारण लगातार १ सय ४८ दिन भारतमा ५० हजार भन्दा कम नँया संक्रमित विरामी थपिएका छन् ।

गत २४ घण्टामा ८ हजार ४ सय ८८ जना नँया संक्रमित विरामी थपिएका छन् । सक्रिय संक्रमित संख्या भने १ लाख १८ हजार ४ सय ४३ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या देशको सकारात्मक संक्रमित संख्याको ० दशमलव ३४ प्रतिशत पुगेको छ । सन् २०२० मार्च महिनादेखि यो दर लगातार घट्दै गएको बताइएको छ ।

भारतमा परीक्षण क्षमता पनि निरन्तर रुपमा बढाउँदै लगिएको कारण गत २४ घण्टामा ७ लाख ८३ हजार ५ सय ६७ वटा नमुना परीक्षण गरिएको छ । हालसम्म भारतमा ६३ करोड २५ लाख २४ हजार २ सय ५९ वटा नमुना परीक्षण भइसकेको छ । त्यस्तै साप्ताहिक सकरात्मक दर पनि हाल ० दशमलव ९३ प्रतिशतमा रहेको छ । लगातार ५९ दिन सो दर २ प्रतिशत भन्दा कममा कायम रहँदै आएको छ । दैनिक सकारात्मक दर हाल १ दशमलव ०८ प्रतिशत पुगेको छ । लगातार ४९ दिन दैनिक सकारात्मक दर २ प्रतिशत भन्दा कममा कायम रहँदै आएको छ भने, लगातार ८४ दिन ३ प्रतिशत भन्दा कममा कायम रहँदै आएको बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न