युवाका साथ साथ आवाज नेपालको पाचौं साधारणसभा सम्पन्न | Jana Aawaj News

युवाका साथ साथ आवाज नेपालको पाचौं साधारणसभा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
युवाका साथ साथ आवाज नेपालको पाचौं साधारणसभा सम्पन्न : Jana Aawaj News

भक्तपुर । युवाका साथ साथ आवाज नेपालको पाचौं साधारणसभा सम्पन्न भएकोे छ । बागमती प्रदेश सभा सदस्य शशी जंग थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले गरेको गतिविधिहरुको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना संस्थाका सचिव श्री कृष्ण थापाले र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष आस्मा बस्नेतले प्रस्तुत गर्नुभएको थियो । भक्तपुर जिल्लामा युवाहरुले नेतृत्व गरेको सकृय रुपमा आफ्ना गतिविधहरु संचालन गर्न सफल भएकोमा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले युवाका साथ साथ आवाज नेपालले युवाहरू स्वरोजगार प्रवद्र्धन र अनलाइनको गलत प्रयोगबाट हुने घटना उन्मुलनमा कार्य गर्नका लागि सुझाब प्रस्तुत गर्नुभएको थियो । यस्तै युवाहरुका लागी असल नागरिक बन्नका लागि अभिप्रेरित गर्ने एउटा मन्च यो संस्था भएको प्रमुख अतिथी थापाले बताउनुभयो । आफ्नो भनाइमा थप गर्दै युवाहरुले स्वदेशमा नै अवसर खोजी आफ्नो अमुल्य समयको सदुपयोग गर्न, सामाजिक उत्तर दायित्व पूरा गर्नका लागि लागि पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुवर, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सन्जय खड्का, मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई, संस्थाका सस्थापकहरु राजेश घिमिरे, दिपेश बिशुन्के तथा सभा सदस्यहरु मध्यबाट सर्मिला बिकले शुभकामना मन्तब्य राख्नुभएको थियो । साधारण सभामा पेश भएको वार्षिक प्रतिवेदन र कार्ययोजना तथा आर्थिक प्रतिवेदन सर्वसम्मत गरेको छ ।

यसैगरी युवाका साथ साथ आवाज नेपालले पाँचौ साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रेडक्रसको सहकार्यमा शनिबार नै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न