
भक्तपुर । आज प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको चौथौं अधिवेशनलाई उद्घघाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले ‘राम्रो कामको प्रचार र खराब कामको विरोध गर्नु पत्रकारिताको धर्म भएको बताउनुभयो । ’
उहाँले सबै क्षेत्रमा सुद्धिकरणको कुरा उठाउने पत्रकारिता क्षेत्रको सदस्यतामा समेत सुधारको खाचोँ देखिएको बताउनुभयो । निर्माण व्यवसायीदेखि होटलवाला सबै पत्रकार महासंघको सदस्य हुने चलनले पत्रकारिता क्षेत्र बद्नाम भएको बताउदैं ‘भक्तपुरमा भएका राम्रो कामको प्रचार गर्नुस हामीबाट केही कमीकमजोरी भए सचेत गराउनुस् उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपमहासचिव हिरामान लामाले पार्टी पत्रकार भन्दापनि चौतारीकर्मी जनताको पत्रकार हुनु पर्ने बताउदैं काम नगर्ने तर, पद मात्र लिने अवस्थाले गर्दा संस्था कमजोर हुने लामाले बताउनुभयो ।
नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष बचन देउजाले पार्टीले विगत देखि नै पत्रकारिता जगतसंग समन्वय गर्दै आइरहेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यक्ति पुज्ने परम्परा त्यागेर पत्रकारहरुले कामललाई पुज्ने नीति लिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका उपत्यका इन्चार्ज प्रकाश शिलवाल, प्रेस काउन्सिलका सदस्य दिपक पाण्डे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्रेस सेन्टरका अध्यक्ष संजीप घिमिरेलगायतले जनचासोका विषयमा महत्व दिनु पर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्वत चयन भएका छन् ।
विहिबार सम्पन्न चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहनेगरी जिल्ला शाखा गठन भएको हो ।
शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सविना केसी, देबेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने, दुई सदस्यपछि थप हुने नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 344634












