झण्डै चार वर्षपछि फर्किय बालाटेली इटलीको टिममा | Jana Aawaj News

झण्डै चार वर्षपछि फर्किय बालाटेली इटलीको टिममा

पढ्न लाग्ने समयः < 1 मिनेट
झण्डै चार वर्षपछि फर्किय बालाटेली इटलीको टिममा : Jana Aawaj News

 

काठमाडौं । फरवार्ड मारियो बालोटेली झण्डै चार वर्षपछि इटालियन टिममा फर्किएका छन् । विश्वकप प्लेअफ सेमिफाइनलका लागि घोषित टोलीमा बालोटेली इटलीको टिममा रहेका छन् ।

प्रशिक्षक रोबर्टी मानचिनीले तीन दिने क्याम्पका लागि मान्सिनीले बोलाएको ३५ खेलाडीमा बालोटेली पनि अटाएका छन् । विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धका लागि घोषणा गरेको टिममा बालोटोली अटाएका हुन् ।

म्यानचेष्टर सिटी र लिभरपुलका पूर्व खेलाडी समेत रहेका ३१ वर्षीय बालोटेलीले सन् २०१८ सेप्टेम्बरपछि इटलीको लागि खेलेका छैनन् ।

टर्कीस क्लब एडना डेमिरस्पोरबाट खेलिरहेका बालोटेलीले १८ लिग खेलमा ८ गोल गरेपछि उनले टिममा मौका पाएका छन् ।

यस्तै सन् २०१० मा इटलीका राष्ट्रिय टिममा डेब्यु गरेका बालोटोलीले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका थिए भने,सन् २०१४ को विश्वकपपछि इटलीका लागि उनले जम्मा ३ खेल मात्र खेलेका थिए ।

बालोटेलीले यसअघि प्रशिक्षक मान्सिटीसँग इन्टर मिलान र म्यानचेष्टर सिटीमा समेत काम गरिसकेका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न