६० तला माथिबाट हाम्फालिन मिस अमेरिकाको उपाधि जितेकी चेस्ली क्रिस्टले | Jana Aawaj News

६० तला माथिबाट हाम्फालिन मिस अमेरिकाको उपाधि जितेकी चेस्ली क्रिस्टले

पढ्न लाग्ने समयः < 1 मिनेट
६० तला माथिबाट हाम्फालिन मिस अमेरिकाको उपाधि जितेकी चेस्ली क्रिस्टले : Jana Aawaj News

काठमाडौं । २०१९ मा मिस युएसएको उपाधि जित्न सफल भएकी अमेरिकी सुन्दरी चेस्ली क्रिस्टले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । उनले मृत्युभन्दा पहिले इन्स्टाग्राममा मानसिक स्वास्थ्यका विषयमा लगातार आफ्नो कुरा राखिरहन्थिन् ।

मिडिया रिपोर्ट अनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा म्यानहट्टनमा संदिग्ध रुपमा आत्महत्या गरेकी बताइएको छ । ६० तले ओरियल बिल्डिङमा उनको ९ औं तलामा अपार्टमेन्ट रहेको थियो । उनलाई पछिल्लो पटक बिल्डिङको २९ औं तलामा देखिएको थियो ।

२०१९ मा चेस्लीले नर्थ क्यारोलिनाको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको उपाधि जितेकी थिइन । उनी मोडलिङका साथै पेशाले वकिल पनि थिइन् । उनले नर्थ र साउथ क्यारोलिनामा वकालतको अभ्यास पनि गरिरहेकी थिइन् भने, उनी सोसल र क्रिमिनल स्टिस पुन संरचनाको पक्षधर समेत थिइन् । मृत्युभन्दा पहिले उनले इन्स्टाग्राममा ‘यो दिनले तपाइँको लागि आराम र शान्ति ल्याओस भनेर लेखेकी थिइन् ।
पुलिसले उनको घरमा सुसाइड नोट पनि फेला पारेको बताएको छ । नोटमा उनले आफ्ना सबै कुरा आफ्नी आमा अप्रिल सिम्पकिन्सको नाममा गरिदिन भनेकी न् ि। उनले आत्महत्या किन गरिन भन्ने कुरा भने नोटमा नलेखिएको बताइएको छ ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न