
भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ठकुरीले ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी गराएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295908



