
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ को गडेधारा टोलमा नेपाल कम्युनिष्ट पार्टी एमालेको टोल कमिटी गठन भएको छ । नगरपालिका वडा नं.५ को गडेधारा टोलमा एक भब्य कार्यक्रमका बीच राजेन्द्र उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ ।
सो कार्यक्रमबाट टोल कमिटी अध्यक्षमा राजेन्द्र उप्रेती, उपाध्यक्षमा चण्डिका पोखरेल, सचिवमा तारा सापकोटा, उपसचिवमा सीता कार्की, कोषाध्यक्षमा भक्तबहादुर पौडेल निर्वाचित भएको जानकार िगराएको छ । यस्तै सदस्यहरुमा पुण्य प्रसाद पोखरेल, सुर्य प्रसाद काफ्ले, अर्जुन खत्री, अप्सरा घिमिरे, विद्या रेग्मि, भगवति खड्का, बिमला नेपाल, तुलसा दुवाल, लक्ष्मी घिमिरे, दिप्सन बुढाथोकी, निर्मला पैदाला, अनिता कोइराला, कला थापा, कविता खतिवडा, सरस्वती न्यौपाने, सरिता पोखरेल, शुसिला पराजुली निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा सुर्यविनायक नगरपालिकाको प्रमुख एवं नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बासुदेव थापाले नवनिर्वाचित सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै टोलमा भई पर्ने समस्याहरुलाई नगरपालिका र नगरबासीहरु एक जुट भएर समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले अब चाँडै नै स्थानीय सरकारले ५ वर्षमा के–कति बजेट कहाँबाट ल्याएको र कहाँ कहाँ त्यो बजेट बिनियोजन भएको बिवरणसहित पुस्तक प्रकाशन गर्ने भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं.५का वडा अध्यक्ष एंव नेकपा एमाले जिल्ला कमिटी सदस्य राजकुमार जोशीले स्थानीय सरकारले जे–जति विकास गर्न सफल भएको छ नगरबासीहरुको साथ र सहयोगले गर्दा भएकोमा खुशी व्यक्त गर्नुभएको छ । आफ्नो वडामा खानेपानीको समस्या भएको र अझै पनि समाधान गर्न लागि परिरहेको जानकारी गराउनुभयो । उहाँले खानेपानी समस्या समाधानको निमित्त १ करोड १३ लाख ३३ हजार रुपैयाँ वडा नं. ५ को पहलमा नगरपालिकाले कटुञ्जे घट्टेखोलालाई छुटाएको जानकारी समेत दिदै ५३ लाख ३३ हजार बोरिङ्गको निमित्त, पाइपलाइनको लागि १० लाख रहेको र ०७४ सालमा नै पनि १० लाख ५० हजार खानेपानीको पाइपलाइन सुरु गर्न वडाको बजेटबाट पाइपलाइन खरिद गरिएको बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित कमिटीका सदस्यहरुलाई सुर्यविनायक नगरपालिका वडा नं. ५ वडा कमिटी अध्यक्ष मधु थापाले एमाले गडेधारा टोलकमिटीमा स्वागत गर्दै सफलकार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु, जिल्ला समन्यव समिति सदस्य एंव सुर्यविनायक नगर कमिटीका उपसचिव कमला पोखरेल, जिल्ला समन्यव समिति सदस्य एंव सुर्यविनायक नगर कमिटीका सदस्य गिता बिसुन्केका साथै सुर्यविनायक नगरकमिटीका सदस्य बासुदेव पोखरेल र वडा न. ५ वडा कमिटी सचिव इन्दिरा उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295878
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


