कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ˸ अध्यक्ष ओली | Jana Aawaj News

कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ˸ अध्यक्ष ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ˸ अध्यक्ष ओली : Jana Aawaj News

काठमाडौं । आज अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुनै पनि कुरा नभएको बताउदै आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशशील बनाएको, दिगो विकासको लक्ष्य नजिक र्पुयाउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताउनुभएको छ ।

ओलीले ‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, हामीले उल्टै सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएको बताउदै एमलेको प्रतिस्पर्धी भनिएका कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी हुनै नसक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा ओलीले आधार र आत्मविश्वासका साथ निर्वाचनमा जान महिलाहरुलाई अपिल समेत गर्नुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न