
काठमाडौं । आज अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुनै पनि कुरा नभएको बताउदै आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशशील बनाएको, दिगो विकासको लक्ष्य नजिक र्पुयाउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताउनुभएको छ ।
ओलीले ‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, हामीले उल्टै सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएको बताउदै एमलेको प्रतिस्पर्धी भनिएका कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी हुनै नसक्ने बताउनुभयो ।
उक्त कार्यक्रममा ओलीले आधार र आत्मविश्वासका साथ निर्वाचनमा जान महिलाहरुलाई अपिल समेत गर्नुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295908



