सर्लाहीको सगनु साकोसद्धारा ५० जना वृद्ध वृद्धालाई १ दिने भ्रमण | Jana Aawaj News

सर्लाहीको सगनु साकोसद्धारा ५० जना वृद्ध वृद्धालाई १ दिने भ्रमण

पढ्न लाग्ने समयः < 1 मिनेट
सर्लाहीको सगनु साकोसद्धारा ५० जना वृद्ध वृद्धालाई १ दिने भ्रमण : Jana Aawaj News

सर्लाही । सर्लाही स्थित हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० जना ६५ बर्ष भन्दा बढी उमेर भएका आफ्ना सदस्यहरुलाई १ दिने तिर्थाटन भ्रमण गराएको छ ।

उक्त संस्थाकी उपाध्यक्ष तारादेबी सुबेदिको संयोजकत्वमा कोषाध्यक्ष बिनोद कार्की र संचालक पद्मा मोक्तान, शुशिला सुनुवार, लेखा समिती सदस्य रिना बराल (दाहाल) सम्मेलित भ्रमणमा कर्मचारी निरोज कुमार दाहाल र शोभ न्यौपानेले सो भ्रमणको व्यवस्थापन गर्नुभएको थियो ।
त्यसैगरी सोहि संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल, सस्थापक अध्यक्ष बाबुराम घिमिरे ,सचिब राजकुमार उप्रेती र प्रबन्धक रबिन्द्र राना उपस्तिथि भई भ्रमण सफलताको कामना सहित बिदाई भएको उक्त तिर्थाटन भ्रमण मधेस प्रदेशको राजधानी जनकपुर स्थित रामजानकी मन्दिर दर्शन गरि सम्पन्न भएको थियो ।

सगुन साकोसले आफ्नो सदस्यहरुलाई नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम, टिर्थाटन भ्रमण र अध्ययन अवलोकन भ्रमण गराउदैं आईरहेको छ ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न