
भक्तपुर । आइतबार भक्तपुर नपा वडा नं. ७ को हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शुभारम्भ भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडांंै उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नपा वडा नं. ७ को संयोजनमा निर्माण हुने कार्य उक्त प्रशोधन केन्द्र निर्माणको शुभारम्भ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच गर्नुभएको छ ।
उक्त कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले जारी गरेको भक्तपुर नपाको घोषणापत्रमा दुईवटा उपचार पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउनुहुँदै हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने र यहाँका स्थानीय बासिन्दाहरुलाई फाइदा पुग्ने बताउनुभयो ।
उहाँले प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्नुहुँदै आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्राचीन र ऐतिहासिक हनुमानघाट धार्मिक स्थल पनि भएको बताउनुहुँदै यस ठाउँमा निर्माण हुने फोहोर पानी प्रशोधन केन्द्र निर्धारित समयमा डिजाइनअनुसार निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रति दिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको उल्लेख गर्नुहुँदै हनुमानघा क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँध समेत निर्माण गरिने बताउनुभयो । उहाँले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै ५ वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताउनुभयो ।

आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एम.एल.डी. क्षमता भएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एम.बी.बी. आर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराउनुहुँदै अनुमानघाटस्थित पुरानो फोहोर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 347161












