
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्ँ सुनिल प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबैले ख्वप अस्पताललाई यथासिघ्र सय शैया क्षमतामा सुविधा सम्पन्न बनाइनु पर्नेमा जोड दिनुभएको थियो । जिल्लाको पूर्वी क्षेत्रमा स्वास्थ्य उपचार सेवाको अभाव भएको अवस्थामा भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप अस्पतालले त्यस क्षेत्रका जनतासंगै छिमेकी जिल्लावासीहरुले समेत स्वास्थ्य लाभ लिइरहेको चर्चा गर्दै उहा“हरुले ख्वप अस्पताललाई स्वास्थ्य सेवाको हिसावले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले नगरवासी जनताको भावना अनुसार ख्वप अस्पतालमार्फत कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक कृयाकलापमा सक्रिय बनाउन नगरपालिका लागि परेको बताउनु भयो । उहा“ले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिड्ड संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शैयाको आफ्नै अस्पताल संचालनसंगै नर्सिड्डमा भर्ना लिन सकिने बताउनुभयो ।
प्रमुख प्रजापतिले कार्यक्रमबाट प्राप्त सल्लाह सुझाव बमोजिम ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर कृयाशील रहने र यस कार्यमा सबै सरोकारवाला पक्षबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष्ँ रविन्द्र ज्याख्वले ख्वप अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गर्नुभयो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोभिड महामारीको समयमा ख्वप अस्पतालको तर्फबाट खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकार र बागमति प्रदेश सरकारले अस्पताल संचालन सम्बन्धि तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप अस्पताल संचालन हुने विश्वास व्यक्त गर्नुभयो ।
परामर्शदाताको तर्फबाट वातावरणविद हरिश प्रसाद भट्टले अस्पताल संचालन गर्नु संवेदनशील विषय भएकोले सरोकार वाला सबै पक्षसंग सरसल्लाह गरेर यथार्थ परक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्ष्ँित बनाउन सुझावहरु पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी मा. वि. का कृष्णप्रसाद धन्छा, इन्जिनिय विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद कमलराज गोसाई लगायतले ख्वप अस्पताल निर्माण र संचालनको क्रममा आउन सक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनीकरण कार्यमा यथा सम्भव सबैले ख्वप अस्पताललाई स्तरीय र सुविधा सम्पन्न बनाउन लिखित सुझावहरु पेश गर्नुभएको थिए ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related














Total views : 344340












