
भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं माननीय सांसद महेश बस्नेतले नेकपा एमालेको सरकारको नेतृत्वमा भएका विकासमा अरु पार्टीको कुनै भूमिका नरहेको बताउनुभएको छ । मध्यपुरथिमि नगरकमिटी स्थानीय निर्वाचन २०७९ मध्यपुरथिमि नगरपालिकाका सूर्यध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा उहाँले भक्तपुरमा यी ४ वर्षमा जे जति सडक, मठ–मन्दिर र अन्य बिकास भएका छन् केपी ओलीको सरकारको नेतृत्वमा भएको बताउनुभयो ।
उहाँले अहिलेको गठबन्धन तोरी र कोदो जस्तो हेर्दा उस्तै न त्यसबाट तेल निस्कन्छ न त पिठो निस्कन्छ, मात्र खाली पिना निस्कने बिचार व्यक्त गर्नुभयो । उहाँले यस गठबन्धनले बिकासको काम रोकेको बताउनुभयो । उहाँले कोभिडको समयमा आइसीयू र बिभिन्न सुबिधासहित ४ अस्पतालका निमित्त २८ करोड बजेट ल्याउन सफल भएको, भूकम्पपछि ९२ विद्यालय बनाउन सफल भएको, क्यान्सर सेन्टरलाई २ अर्ब,मानव प्रत्यारोपण केन्द्रलाई १ अर्ब र क्षयरोग अस्पताललाई ८० करोड बजेट ल्याउन सफल भएको जानकारी दिँदै अबको निर्वाचनबाट हाम्रो लडाई भनेको समृद्धिका लागि,परिवर्तनका लागि, जनताको सेवाका लागि रहने बताउनुभयो । उहाँले उम्मेदवारमा टिकट नपाएर चित्त, मन दुखाएर बस्नु सट्टा मैदानमा उत्रेर गठबन्धनको नाउँमा मुलुक बनाउने होइन नेकपा एमालेलाई कसरी समाप्त गर्ने भनेर लागि परेकाहरु बिरुद्ध लडेर जनताको मन जित्न र सेवा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले उम्मेदवारहरुले टिकट नपाउँदा मन दुखाउनु भन्दा नि हामीले हाम्रो पार्टीलाई अझ बलियो बनाउनु पर्छ भन्ने धारणा राख्न आग्रह गर्नुभयो । उहाँले चुनाव जित्न एक्लै हिँडेर हुँदैन बलियो टिम हिँडेपछि मात्र बिपक्षको सामु एउटा बलियो चुनाबी माहोल हुने बताउनुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख एवं मेयर उम्मेदवार मदनसुन्दर श्रेष्ठले आफू नगर प्रमुख हुँदा गरेको विकासमा कुनै पनि असन्तुष्टी नरहेको बताउनुभयो । उहाँले आफ्नो नगरबासीका लागि गरेको काम र नगरबासीको बिश्वासले गर्दा फेरी पनि मध्यपुरथिमि नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको र अझ गर्न छुटेका बिकासका कार्यहरु सहज ढंगले गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका उपमेयर उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिमा मात्र नभई सबै जिल्लामा नेकपा एमाले आफ्नो पार्टीले दिएको निर्देशनबमोजिम चुनावी माहोलमा ढलेको बताउनुभयो । उहाँले यस निर्वाचनमा महिला सदस्यहरु सकारात्मक ढंगले लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो उम्मेदवारी नगरबिकासका साथसाथै महिलाहरुको लागि पनि एउटा अवसरको रुपमा रहेको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका सूर्यध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको ९ वटै वडाको उम्मेदवार वडाअध्यक्षसहित ५ जना सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो ।
वडा नं १ का उम्मेदवार वडाअध्यक्षमा कृष्ण गोपाल प्याठ, महिला सदस्यमा राधा हुमागाई, दलित सदस्यमा खुस्बु परियार, सदस्यमा श्यामकृष्ण प्रजापति र सुरेश बुढाथोकी रहेका छन् । वडा नं.२ को अध्यक्षमा प्रकाश थापामगर, महिला सदस्यमा सरिता अर्याल, दलित सदस्यमा अम्बिका रजक, सदस्यमा रविन सिजापती र रामकृष्ण दाहाल रहेका छन् । वडा नं. ३ को अध्यक्षमा होमनाथ ढुङ्गेल, महिला सदस्यमा सिता अधिकारी उप्रेती, दलित सदस्यमा प्रमिला परियार, सदस्यमा इन्दु शर्मा र रविन्द्रनाथ न्यौपाने रहेका छन् ।
वडा नं. ४ को अध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला सदस्यमा राम केशरी श्रेष्ठ, सदस्यमा मदन ख्या श्रेष्ठ र शंकरमान श्रेष्ठ रहेका छन् । वडा नं. ५ को अध्यक्षमा राधेश्याम प्रजापति, महिला सदस्यमा कमला प्रजापति, सदस्यमा सुजन श्रेष्ठ र सुरेन्द्र भासिमा रहेका छन् । वडा नं. ६ को अध्यक्षमा दिलकृष्ण खाँस प्रजापति, महिला सदस्यमा रति थापा श्रेष्ठ, दलित सदस्यमा मन्जु नेपाली, सदस्यमा अमित चक्रधर र चन्द्रमान प्रजापति रहेको छन् । वडा नं. ७ को अध्यक्षमा कृष्ण कुमार प्रजापति, महिला सदस्यमा धन केशरी धुमन, दलित सदस्यमा चम्पा मिजार, सदस्यहरुमा भक्तराज खत्री र योगेन्द्र दुवाल रहेका छन् । वडा न.८ को अध्यक्षमा विक्रम बुढा, महिला सदस्यमा सुनकेशरी भासि, दलित सदस्यमा मन्दिरा थापा नेपाली, सदस्यमा लक्ष्मी नाथ था र श्याम होना रहेका छन् ।
वडा नं. ९ को अध्यक्षमा दिपेन्द्र थापा, महिला सदस्यमा सिता खड्का केसी, दलित सदस्यमा सुन्तली विश्वकर्मा, सदस्यमा केशव राजवाहक र जयकृष्ण अधिकारी रहेका छन् । कार्यक्रममा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरिसकेको जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344280












