
भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा न. ८ का उम्मेदवार हुन् राजेश खड्का । २०४६ साल पुस २ गते भक्तपुर सुडालमा जन्मिएका खड्का उमेरले ३२ वर्षका भए । महादेव पोखरीशिरदेखि सुडालको फाँटसम्म फैलिएको सुन्दर वडालाई विकाशको दृष्टिकोणले अब्बल बनाउन आफु सधै लागिरहेको खड्का बताउँछन् । २०६३ सालदेखि पार्टी निकट युवासंघबाट राजनीति सुरु गरेका उनी हाल एमालेको वडा कमिटी अध्यक्ष पनि रहेका छन् । युवा संघको जिल्ला कमिटिको सचिव पनि छन् ।
पार्टीका आफुभन्दा अग्रजहरुसँग एक पटक युवालाई वडा चलाउने मौका दिनुस् भन्दै खड्का चुनावी मैदानमा आएका छन् । खड्का भन्छन् ’म भन्दा धैरै अग्रजहरुसँग मैले एक पटक मौका दिनुस् भनेर आएको छु, म उहाँहरुको राजीनितीक सपनाललाई साकार पार्छु ।’
‘मेरो मार्गनिर्देशक मेरो सुभचिन्तक अग्रज र मेरा साथीहरुको बलियो साथ नै म चुनावी मैदानमा अब्बल छु लाग्छ,’ खड्काले भने । सधै वडाबासीको काममा लागेकाले पनि सबैजनाले एक पटक साथ दिनुहुनेछ भन्ने लागेको छ ।

यस्ता छन् खड्काका चुनावी एजेण्डा :
युवाहरुलाई व्यवसायीक बनाउने, शिप मुलक तालिम दिने ।
जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा दिने ।
जेष्ठ नागरिक मिलन चौतारी बनाउने ।
होमस्टेको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने ।
को–को छन् उम्मेदवार
नगर प्रमुखमा विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी वडा न. ८ वडाध्यक्ष राजेश खड्का, महिला सदस्य नानु कार्की र दलित महिला सदस्य अनिता परियार, वडा सदस्य प्रह्लाद दुलाल र वडा सदस्य हरि गोपाल श्रेष्ठ रहेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344274












