
एजेन्सी । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेका छन् । यता ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भएको बेला अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएको देखिएको हो ।
रोनाल्डोले युभेन्टस छाड्ने विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी गराएको बताइएको छ । यसअघि भने रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए भने, पछिल्लो समय उनको मुड परिवर्तन भएको छ ।
यस्तै युभेन्टस अहिले रोनाल्डोका लागि उपयुक्त मुल्यको प्रतिक्षामा रहेके छ । मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्न सक्ने छ । रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै आतुर रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj