भारी वर्षाका कारण विभिन्न स्थानमा डुबान र क्षति | Jana Aawaj News

भारी वर्षाका कारण विभिन्न स्थानमा डुबान र क्षति

पढ्न लाग्ने समयः < 1 मिनेट
भारी वर्षाका कारण विभिन्न स्थानमा डुबान र क्षति : Jana Aawaj News

काठमाडौं । भारी वर्षाका कारण विभिन्न स्थानमा बाढि तथा पहिरोले ठुलो क्षति गरेको छ । बिहिबारदेखिको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ, भने सुनवल नगरपालिका वडानं ४ का एक जना १४ वर्र्षीय किशोर बेपत्ता भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ ।
यस्तै पूर्र्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् भने, भारी वर्षाका कारण अअवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड विहानबाट सञ्चालनमा आएको छ । सेती दोभानमा खसेको पहिरोले अवरुद्ध सडकलाई आज बिहान पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
अविरल वर्षाका कारण बेगनास सिँचाइ प्रणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बी–४ र र बी–३ नहर क्षेत्रको भुनभुनेमा करीब १५० मिटर नहर बाँध फुट्दा १ करोडभन्दा बढीको मर्मत खर्च लाग्ने बताइएको छ ।
यता वर्षासँगै आएको बाढीले रुपन्देहीमा पुल भासिनुका साथै बस्ती डुबानमा परेका छन् । त्यस्तै महेन्द्र राजमार्गअन्तर्गत रूपन्देहीको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल शुक्रबार बिहान भासिएर आवतजावत रोकिएको छ ।
दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै बिहान साढे ७ बजे तिर घोराही उपमहानगरपालिका–१३ काभ्रेमा पहिरो खसेकले सडक अवरुद्ध भएकोले पन्छाउने कार्य भइरहेको छ ।
यस्तै अविरल बर्षासँगै आएको बाढीले कैलालीमा काठे पुलसँगै घर र प्रतिक्षालय बगाएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न