मध्यपुरथिमि नगरपालिकाको घरदैलो कार्यक्रम सुरु | Jana Aawaj News

मध्यपुरथिमि नगरपालिकाको घरदैलो कार्यक्रम सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
मध्यपुरथिमि नगरपालिकाको घरदैलो कार्यक्रम सुरु : Jana Aawaj News

भक्तपुर । यही बैशाख ३० गते सम्पन्न हुने निर्वाचन नजिकिए सँगसँगै मध्यपुरथिमि नगरपालिकाले हिजोदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष बचन देउजाको उपस्थितिमा नगरपालिकाका उम्मेदवार मेयर मदन सुन्दर श्रेष्ठ, उपमेयर उत्तरा नेपाल, वडा नं.४ का अध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, महिला सदस्य रामकेशरी श्रेष्ठ, खुल्ला सदस्य मदन ख्या श्रेष्ठ र शंकरमान श्रेष्ठसहितको टोलिले बालकुमारी मन्दिरको प्रारङ्गणबाट घरदैलो कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाको ९ वटै वडाका उम्मेदवारको नाम सार्वजनिक भएसँगसँगै मध्यपुरथिमि नगरपालिकाका उम्मेदवारहरु स्थानीय तहको निर्वाचनको प्रचारप्रसार र घरदैलोको अभियानमा लागेका हुन । सोमबार वडा नं. ४ मा घरदैलो कार्यक्रम गरिएको थियो भने, आज वडा नं. ५ मा गरिएको घरदैलो कार्यक्रममा उम्मेदवारहरुसँगसँगै स्थानीयबासीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न