‘वि लभ यु’ फाउन्डेसनद्वारा बृहत सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

‘वि लभ यु’ फाउन्डेसनद्वारा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
‘वि लभ यु’ फाउन्डेसनद्वारा बृहत सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

नारायण थापा
काठमाडौं । वि लभ यु फाउन्डेसनद्धारा बृहत सरसफाइ कार्यक्रम समपन्न भएको छ । फाउन्डेसनले काठमाडौं जिल्लाको गोकर्णेस्वर तथा कागेस्वरी मनोहरा नगरपालिकाको क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।


उक्त फाउन्डेसनले आज सहिद पार्क, ओख्रेनि मा.वि र सुन्दरिजल क्षेत्रबाट सरसफाई सुरु गरेको छ । फाउन्डेसनले विद्यालय क्षेत्रको बागमती नदी किनारदेखि गोकर्णसम्म सरसफाई गरेको छ । सरसफाईमा करिब एक हजार जनाको सहभागिता रहेको फाउन्डेसनका सचिब नारायण श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रममा नेपाली सेनाको सुन्दरिजलस्थित अर्सनल र विपद व्यवस्थापन गणपतिहरु लगायत सेना र प्रहरिको समेत संलग्नता रहेको थियो ।


उक्त कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सदस्य रामेस्वर फुयालले आफै खोलामा जानुभई सरसफाई गर्नूभएको थियो । स्वस्थ जीवनको लागि स्वच्छ वातावरण अपरिहार्य भएकोले सरसफाईमा ध्यानदिनु हामी सबैको जिम्मेवारी भएको बताउनुभयो ।


कार्यक्रममा बागमति प्रदेश कमिटि सदस्य संगम गहतराज, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र गोकर्णेस्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले वातावरण सरसफाई हाम्रो स्वास्थ्यसँग जोडिएकोले सरसफाई गर्नु हाम्रो जिम्मेवारी हो, कर्तव्य हो बताउँदै आगामी दिनहरुमा पनि यो कार्यक्रम सक्रियता पूर्वक संचालन गर्न सकियो भने, वातावरण स्वच्छ हुने बताउनुभयो ।


उक्त कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सोभाकर शर्माले यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुहुदैं वातावरण स्वच्छ बनाउनका लागि हाम्रो फाउन्डेसन निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

+ posts