विगतको कमी कमजोरी सुधार गर्दै समग्र नगरको विकास गर्छौं ˸ नगरप्रमुख थापा | Jana Aawaj News

विगतको कमी कमजोरी सुधार गर्दै समग्र नगरको विकास गर्छौं ˸ नगरप्रमुख थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
विगतको कमी कमजोरी सुधार गर्दै समग्र नगरको विकास गर्छौं ˸ नगरप्रमुख थापा : Jana Aawaj News

 

भक्तपुर । सूर्यविनायक नगरपालिकामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै समग्र नगरको विकासको लागि आफ्नो यो कार्यकालमा बाँकी रहेको सबै अधुरा काम गर्दै थप नगरको विकासको निम्ती खाका तयार पार्दै काम गर्ने बताउनुभयो ।

नगरप्रख थापाले व्यक्तिगत स्वार्थबाट माथि उठेर आफ्नो भन्दा पनि समुदायको हित सोच्नु पर्ने बताउनुभएको छ । साथै अघिल्लो कार्यकालमा ११० किलोमिटर सडक पक्की बनाएको र ३५ वटा भन्दा धेरै विद्यालय भवन निर्माण भएको ३१ पुलको निर्माण भएको उहाँले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवंम वडा नं. ७ वडा अध्यक्ष रविन्द्र सापकोटाले संचारकर्मीबाट आएको सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । नगरपालिकाले गरेको कामलाई अझ प्रभावकारी बनाउनुका साथै जनताले पनि विकासको अनुभव गर्न सक्ने गरी ‘हामी एउटा सूचना डेक्सनै बनाएर गरेका कामहरुको विवरण संचारकर्मी समक्ष ल्याउने प्रवक्ता सापकोटाले भन्नुभयो ।’

कार्यक्रममा उपस्थित संचारकर्मीहरुले सूचना सार्वजनिक गर्नमा आनाकानी गर्नु नहुने बताउदैं संचारकर्मीहरुले नगरपालिकाले गरेको विकासको काम र नगरपालिकाले दिने सूचना बेला बेलामा पाउनुपर्ने बताए । पत्रकार महांसंघको संस्थागत विकाशको लागि सूर्यविनायक नगरपालिकाले विगतमा पनि साथ सहयोग गरेकाले आगामी दिनमा पनि साथ सहयोग प्राप्त गर्ने कुरा कार्यक्रममा उपस्थित पत्रकारहरुले बताएका छन् ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न