कोपिला र योग्य प्रसाद राईलाई थुलुङ राई सामा केन्द्रीय सरोकार समितिद्धारा सम्मान | Jana Aawaj News

कोपिला र योग्य प्रसाद राईलाई थुलुङ राई सामा केन्द्रीय सरोकार समितिद्धारा सम्मान

पढ्न लाग्ने समयः < 1 मिनेट
कोपिला र योग्य प्रसाद राईलाई थुलुङ राई सामा केन्द्रीय सरोकार समितिद्धारा सम्मान : Jana Aawaj News

काठमाडौँ । थुलुङ राई सामा केन्द्रीय सरोकार समितिले नेपाल सरकारको उपसचिवमा हालै बढुवा भएका कोपिला राई र योग्य प्रसाद राईलाई सम्मान गरेको छ ।

कोटेश्वरस्थित किरात राई यायोक्खा किराया काठमाडौँ जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमबिच बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

उपसचिवद्धय कोपिला र योग्य प्रसादलाई सरोकार समितिका कार्यावाहक अध्यक्ष मुकुन्द राईले मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा थुलुङ राई समुदायबाट पहिलो सि.डि.ओ. बनेका राजकुमार राई, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक जैलव राई, किराया काठमाडौँकी उपाध्यक्ष शशिकला राई, किरात राई कर्मचारी मन्चकी उपाध्यक्ष अनुपा राई तथा सचिव अविलाल राई, व्यवसायी तथा सरोकार समितिका कोषाध्यक्ष रोमशमणी राई तथा सदस्य तेज बहादुर राई, किराया भक्तपरको सचिव जमिन राई, साहित्यकार खुक्सङ खम्बु राई लगायतले उनलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

किरात राई कर्मचारी मन्चका सचिव अविलाल राईले निजामति कर्मचारी क्षेत्रमा राई जातिको सहभागितालाई अझ बढाउँदै लैजान चाँडै मन्चले कोटेश्वरस्थित किराया भवनमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न