‘वी लभ यू’ फाउन्डेसनद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

‘वी लभ यू’ फाउन्डेसनद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
‘वी लभ यू’ फाउन्डेसनद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

नारायण थापा

कठमाडौं । ‘वी लभ यू’ फाउन्डेसन (We love U foundation) को आयोजनामा आज बुधबार विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको कागेश्वरी–मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण गरिको छ ।


वी लभ यू फाउण्डेशनले यस किसिमको मानवहितको गतिविधिद्धारा मानवजातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई बचाऔं (Save the World) नामक परियोजनाका केही अंश मात्र भएको फाउन्डेसनले जानकारी दिएको छ । यस परियोजना पुरा गर्नको निम्ति वी लभ यू फाउण्डेशनले ३ मुख्य क्याम्पेनहरू जारी गरेको छ । पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (Saving lives) र मानवता बचाउने (Saving Humanity) कार्यक्रम संचालन गरिरहेको छ ।

वी लभ यू फाउण्डेशनले नेपालमा मानवहितका थुप्रै गतिविधिहरु निरन्तर रुपमा गर्दै आएको छ । यसले पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानी सुविधा प्रदान गरेको छ। किशोरावस्थाका विद्यार्थीहरुमा असल चरित्र र विवेक निर्माण हुन सक्ने गरी थुप्रै विद्यालयहरुमा पुस्तकालयहरुको निर्माण गरेको छ । त्यसैगरी रक्त आपूर्तिलाई सहज पार्न समय–समयमा रक्तदान अभियान सञ्चालन अनि मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी राष्ट्र व्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाई क्यामपेनहरु संचालन गर्दै आईरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथी माननिय कृष्ण राईले वी लभ यू फाउण्डेसनले लिएको’ आमाको प्रेम सारा संसारमा’ भन्ने मूल नारालाई मुक्त कण्ठले सराहना गर्नुभयो । साथै अहिलेको मानव समाज सभ्यता विकासको चौथो आयाम अर्थात् जीवन विकासको आयाममा प्रवेश गरेको अनि फाउण्डेसनद्वारा गरिँदै आएको वृक्षारोपण लगायतका यस्ता अन्य कार्यहरू प्रत्यक्ष रूपमा जीवन विकासको आयाम अन्तर्गत पर्ने भएकाले यसखाले गतिविधिको उपादेयता अन्य कुनै कार्यक्रमहरू भन्दा अत्याधिक रहेको कुरामा जोड दिनुभयो । साथै यस्ता सान्दर्भिक र बहुआयामिक गतिविधिहरूद्वारा विश्व मानव समाज बचाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको वी लभ यू फाउण्डेशनलाई सधैं दत्तचित्त भई तदारुकताका साथ साथ र सक्दो सहयोग दिने प्रतिवद्धता गर्नुभयो ।

त्यसै गरी फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले संस्थाले सधैं मानवहितको लागि कार्य गर्नको निम्ति वी लभ यू फाउण्डेशनले पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (saving lives) र मानवता बचाउने (saving humanity) गरी मुख्यतः ३ क्याम्पेन जारी गरेकोले यसबारे फाउण्डेशनका सदस्यहरू मात्र नभई वातावारण संरक्षणका अन्य अभियान्ताहरू, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाहरू सबैमा सचेत भई सहयोग गर्न आव्हान समेत गर्नुभयो ।


यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ का वडा अध्यक्ष मुकुन्द कुमार गजुरेलले स्वयंसेवा गर्ने यूवा शक्ति अन्य संस्थामा पनि वी लभ यू फाउन्डेसनमा जस्तै सकृय रुपमा विश्व वातावरण संरक्षण गर्न सकिने र अमूल्य मानव जीवन बचाउन सकिने बताउनुभयो ।

कार्यक्रममा फाउन्डेसनका ३५० जना सदस्य र बाहिरी ५० जना भन्दा बढी स्थानीय बासिन्दाहरु गरी करिब ४०० जना भन्दा बढीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका माननिय कृष्ण राईले वृक्षारोपण गरे संगै फाउण्डेसनका सबै सदस्यहरुले वृक्षारोपण गरेका थिए ।


कार्यक्रमको अन्त्यमा कार्यक्रममा उपस्थित अतिथीहरु, प्रहरी, मिडियाकर्मी र सम्पूर्ण स्वयंमसेवक ,स्थानीय बासिन्दा, र स्थान उपलब्ध गराउनुहुने सहिद पार्क संरक्षण समितिका सबैलाई वी लभ यू फाउण्डेशनका सचिव नारायण श्रेष्ठले धन्यवाद दिँदै पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (saving lives) र मानवता बचाउने (saving lives) भन्ने यो हाम्रो अभियान सार्थक बनाउन सबैको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय श्री कृष्ण राई, बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य राम शरण ढुङ्गाना, नेकपा एमाले प्रदेश कमिटी सदस्य विश्वराज श्रेष्ठ, कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न