अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन | Jana Aawaj News

अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पढ्न लाग्ने समयः < 1 मिनेट
अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन : Jana Aawaj News

काठमाडौं । अरुण काबेली पावरले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ भने, भदौ १ गते कम्पनीको सञ्चालक समितिको बैठकले कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी कम्पनीले यो वर्ष १७ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी समेत गराएको छ ।
यस्तै कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको विदाका कारण शेयर कारोबार नहुने भएकाले भदौ १३ गतेसम्म शेयर कायम गर्ने जनकारी गराएको छ । कम्पनीको १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ कम्पनीको चुक्तापूँजी रहेको समेत जानकारी गराएको छ ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न