आज स्वास्थ्यमन्त्री खापुङसँग नगर प्रमुख प्रजापतिको भेट | Jana Aawaj News

आज स्वास्थ्यमन्त्री खापुङसँग नगर प्रमुख प्रजापतिको भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
आज स्वास्थ्यमन्त्री खापुङसँग नगर प्रमुख प्रजापतिको भेट : Jana Aawaj News

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री भवानीप्रसाद खापुङसँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार मन्त्रालयमा भेट गर्नुभएको छ । भेटमा प्रमुख प्रजापतिले नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

उक्त भेटमा मन्त्री खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालबाट व्यापक जनताको सेवा हुने बताउनुहुँदै अस्पतालको स्तरवृद्धि र आवश्यक सहयोग गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले ख्वप अस्पतालको स्थलगत अवलोकन गर्ने इच्छा जाहेर गर्दै भन्नुभयो, ‘भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्न छिट्टै भक्तपुर आउनेछौं ।’

भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्या क्षमताको ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे अवगत गराउनुहुँदै अस्पतालले घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै दैनिक ७०० भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

सोही क्रममा ख्वप अस्पतालको लागि आवश्यक एमआरआई मेसिन, सीटी स्क्यान मेसिन, ओ।टी लाइट, एम्बुलेन्स, ओ।टी टेबल, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायतका स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहजीकरण र सहयोगको लागि समेत उहाँले आग्रह गर्नुभयो ।

भेटपश्चात प्रमुख प्रजापतिले मन्त्री खापुङलाई नगरपालिकाका प्रकाशन उपहारको रुपमा प्रदान गर्नुभयो । सोही क्रममा उहाँले स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलसँग भेटी ख्वप अस्पतालको स्तरोन्नति र स्तरवृद्धिको लागि आवश्यक बजेट विनियोजनको लागि पनि निर्देशन दिनुभयो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न