सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल | Jana Aawaj News

सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल

पढ्न लाग्ने समयः < 1 मिनेट
सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठक सहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गर्नुभएको छ ।

प्रमुख प्रजापतिले बुधाबर पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाई सहयोग गर्न लिखित अनुरोध गर्नुभयो । उहाँले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।

सोही क्रममा महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुहुँदै उक्त प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिर भित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गर्नुभयो । भक्तपुर नपाले यस अघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न