
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ वंशगोपालस्थित वडा कार्यालयको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुहुँदै सुविधा सम्पन्न साढे ३ तल्ले नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
जनप्रतिनिधि भनेका जनताका सेवक भएको बताउदैं उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन् । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधिहरु हरदम तयार रहेको समेत बताउनुभयो ।” भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्यहरु अगाडि बढाउनुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणको लागि भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरबासी जनताको एकता र मेहेनतले आजको सुन्दर भक्तपुरको परिचय स्थापित भएको समेतबताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले साबिक वडा नं. १३ र १६ लाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण गरेको बताउनुहुँदै भवन निर्माणमा उपभोक्ता समिति र वडाबासीको सहयोग तथा समन्वयका कारण समयमै निर्माण सम्पन्न भएको बताउनुभयो । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी रामसुन्दर खाताखोले भक्तपुरका जनताहरु नगरपालिकाका हरेक गतिविधिमा अपनत्व लिएर सहयोगी भावनाका साथ अगाडि बढेको बताउनुहुँदै वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
साबिक वडा नं. १३ का पूर्व वडाध्यक्ष रामहरि गोराले वडा कार्यालयको भवन निर्माणको लागि उपयुक्त जग्गा अभावले गर्दा भवन निर्माणको कार्यमा ढिलाइ भएको बताउनुहुँदै भवन लागत इस्टिमेटभन्दा कम खर्चमा सम्पन्न हुनु सुखद् रहेको बताउनुभयो । कार्यक्रममा भनपा साविक वडा नं. १६ का पूर्ववडाध्यक्ष इन्द्रमान श्रेष्ठ, भवन निर्माण अनुुगमन समितिका संयोजक मुत्तिराम स्वानेपा, उपभोक्ता समितिका सदस्य मैंया ध्वजु र उपभोक्ता समितिका शिवराम धुख्वाले पनि वडा कार्यालय भवन निर्माणबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सहज भएकोे, भवन निर्माणमा सबैको साथ र सहयोग बताउनुभयोे ।
कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मीप्रसाद गोराले वडा कार्यालयको निर्माण निर्धारित समयमै सम्पन्न भएको र भवनको लागत इस्टिमेट २ करोड ७३ लाख ११ हजार ९१४ र कूल खर्च १ करोड ७२ लाख ५३ हजार ३५३ रहेको जानकारी गराउनुभएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

















Total views : 347531










