
ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आफ्नो स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताउदैं फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई हामी सबैले सहयोग गर्नुे बताउनुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । ’
फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने थापाले बताउदैं ‘सहरी विकास मन्त्रीसँग पनि छलफलका लागि समय मागेको उहाँे बताउनुभयो ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 - 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
 





 Total views : 295907
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


