चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश | Jana Aawaj News

ताजा


चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश

अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश : Jana Aawaj News
तस्विर ˸ बीबीसी

एजेन्सी । अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको बताइएको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि संसद्का पाँच जना सदस्य ताइवान पुगेका हुन् ।
ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनीहरु दुई दिनसम्म ताइवानमै रहने जानकारी गराएको छ ।

डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

यस्तै भ्रमणका क्रममा राष्ट्रपति साइ इङ–वेनलाई भेट्ने कार्यक्रम रहेको छ । यसै महिनाको सुरुमा पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । अमेरिकी नेताहरुको भ्रमणकै बेला चीनले ताइवान नजिकै पुनः सैन्य अभ्यास गरिरहेको छ ।
११ वटा जहाज ताइवानको वायु क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवान स्ट्रेट र वरपर २२ चिनियाँ विमान र ६ वटा नौसैनिक जहाजहरूले अभ्यास गरेकोमा अमेरिकाले ताइवानलाई आधिकारिक रूपमा मान्यता दिएको छैन । तर ताइवानसँग बलियो सम्बन्ध कायम राख्दै आएको छ ।

अमेरिकाले ताइवानलाई आफ्नो रक्षा गर्न हतियार बेच्ने सम्झौता समेत गरिसकेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न
2 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
3 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
4 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न