चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश | Jana Aawaj News

चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश

अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश : Jana Aawaj News
तस्विर ˸ बीबीसी

एजेन्सी । अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको बताइएको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि संसद्का पाँच जना सदस्य ताइवान पुगेका हुन् ।
ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनीहरु दुई दिनसम्म ताइवानमै रहने जानकारी गराएको छ ।

डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

यस्तै भ्रमणका क्रममा राष्ट्रपति साइ इङ–वेनलाई भेट्ने कार्यक्रम रहेको छ । यसै महिनाको सुरुमा पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । अमेरिकी नेताहरुको भ्रमणकै बेला चीनले ताइवान नजिकै पुनः सैन्य अभ्यास गरिरहेको छ ।
११ वटा जहाज ताइवानको वायु क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवान स्ट्रेट र वरपर २२ चिनियाँ विमान र ६ वटा नौसैनिक जहाजहरूले अभ्यास गरेकोमा अमेरिकाले ताइवानलाई आधिकारिक रूपमा मान्यता दिएको छैन । तर ताइवानसँग बलियो सम्बन्ध कायम राख्दै आएको छ ।

अमेरिकाले ताइवानलाई आफ्नो रक्षा गर्न हतियार बेच्ने सम्झौता समेत गरिसकेको छ ।

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न