भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनायो | Jana Aawaj News

भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनायो

पढ्न लाग्ने समयः < 1 मिनेट
भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनायो : Jana Aawaj News
तस्बिर ˸ इण्डियन एक्सप्रेस

नयाँ दिल्ली । आज भारतले ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । उक्त अवसरमा दिल्लीस्थित लालकिलाबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र परिवारवाद देशको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

देशका लागि दुई ठूलो चुनौती पहिलो भ्रष्टाचार र दोस्रो चुनौती भाइ भतिजा, परिवारवाद हो मोदीले भने । स्वतन्त्रता दिवसको दिन भारतीय प्रधानमन्त्रीले लालकिलामा झण्डोतोलन गर्नुका साथै देशको नाममा सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो योजना, उपलब्धी, चुनौती र समस्याको बारेमा सम्बोधन गरेको भारतीय समाचार इण्डियन एक्स्प्रेसले जनाएको छ ।

एकघन्टा २३ मिनेटको सम्बोधनमा उनले आगामी २५ वर्षका लागि देशका लागि पाँचवटा संकल्पको घोषणा समेत गरेका थिए । जसलाई उनले ‘अमृत काल’ भनेर व्याख्या गरेका थिए ।

यस्तै काठमाडौंस्थित भारतीय दूतावासले भने, विभिन्न कार्यक्रमको आयोजना गरेर आज स्वतन्त्रता दिवस मनाएको छ । सो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले अघि सारेको आजादीको अमृत महोत्सवको एक हिस्साको रुपमा रहेको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । इण्डियन एक्स्प्रेस

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न