काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीद्वारा आयोजित फोहोर मैला व्यवस्थापन तथा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सघंले काठमाडौंको बानेश्वर क्षेत्रमा थुप्रिएको फोहोर उठाएको छ । तीन वटा ट्रक प्रयोग गरेर युवा संघले फोहोर उठाएको हो ।

यस्तै अन्य क्षेत्रमा थुप्रिएको फोहोर पनि व्यवस्थापन गरिने युवा संघले जानकारी गराएको छ । काठमाडौं महानगरमा चुलिएको फोहोरको व्यवस्थापनका लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
लामो समयसम्म पनि उपत्यकाको फोहोर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहोर संकलन गरिएको युवा संघले जनाएको छ ।

राजधानी काठमाडौंमा फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 295915