प्रहरीका असई र जवान, घुस लिएको आरोपमा पक्राउ | Jana Aawaj News

प्रहरीका असई र जवान, घुस लिएको आरोपमा पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रहरीका असई र जवान, घुस लिएको आरोपमा पक्राउ : Jana Aawaj News

काठमाडौं । घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।
असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई प्रहरी वृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत रहेका थिए । उनीहरुले बौद्धकी एक महिलालाई तपाईसँग लागु औषध रहेको सुचना पाएको बताउदैं पैसा नदिए पक्राउ गर्ने भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकोे बताइएको छ ।
पक्राउ गरिएका प्रहरी कर्मचारीमाथि थप अनुसन्धान भईरहेको र उनीहरुलाई विभागीय कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न