
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली उल्भ्समाथि १–० ले विजयी भएको छ ।
म्यानचेस्टर युनाइटेड ३ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा लगातार उल्भ्स तेस्रो हार बेहोर्दै बिना अंक १८ औँ स्थानमा झरेको छ ।
युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ भने, प्रिमियर लिग इतिहासमै सबैभन्दा लामो रहेको छ । युनाइटेडले पछिल्लोपटक सन् २०२० को जनवरी १९ मा लिभरपुलको घरेलु मैदानमा २९० को पराजय बेहोरेको थियो । त्यसयताका २८ अबे खेलमा युनाइटेड १८ खेलमा विजयी हुँदा १० खेल बराबरीमा सकिएको थियो ।
यसैगरी खेलको ८० औँ मिनेटमा मासोन ग्रिनउडले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्न सफल भएको हो । युनाइटेडले आर्सनलको कीर्तिमान तोडेको छ भने, अर्को खेलमा टोटनह्यामले वाटफोर्डमाथि १९० गोल अन्तरको जित दर्ता गरेको थियो । यो जितसँगै टोटनह्यामले लागतार तीन खेलमा शतप्रतिशत नतिजाका साथ आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj