
काठमाडौं । मन्जुश्री फाइनान्सले ९हजार १८७ कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने जनाएको छ ।
त्यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जानकारी दिएको छ ।
सो शेयर खरीद गर्न भदौ २० गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । यसैगरी शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्ने बताइएको छ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj