
काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य भएसगैं आज नै सत्ता गठबन्धनका दलहरुले मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन छलफल गर्नुभएको थियो । उहाँले मन्त्रीहरुको नाम र मन्त्रालयको टुंगा लगाउनका लागि सबैको नाम मागेका समेत बताइएको छ
नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री, बाँकी ४ जना मन्त्रीको टुंगो लगाइने बताइएको हो । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १ मन्त्रीको कोटा छुट्याएको, पौडेल पक्षबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित रहेको आकलन गरिएको छ ।
त्यस्तै सिटौला पक्षबाट भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्ने, देउवा पक्षबाट मीनबहादुर विश्वकर्मा, डा. डिला संग्रौला र उमा रेग्मी दौडधूपमा लागेको छन् । नेकपा माओवादीबाट २ जना मन्त्री भइसकेकाले अब ४ जना थपिने सम्भावितहरुमा देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमन लाल मोदी, अञ्जना विशंखे, शशी श्रेष्ठ रहेका छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय छान्न दौडधुप चलेको छ ।
यस्तै नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको सम्भावना देखिएको छ । जनता समाजवादी पार्र्टीबाट भने उपेन्द्र यादव आफै सरकारको नेतृत्व गरी जाने पक्षमा देखिएका छन् । यता राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवले नेतृत्व लिएर जाने सम्भावना पनि देखिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj