निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ | Jana Aawaj News

निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ

अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केको आरोप

पढ्न लाग्ने समयः 2 मिनेट
निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ : Jana Aawaj News

भक्तपुर, बैशाख १० । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाई तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताउनुभएको हो ।

कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी संख्या तुलना गर्ने हो, भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने बताउनुभयो ।
सरकारी विद्यालयमा सरकारले लगानी गर्छ जुन हाम्रो खल्तीको नै पैसा हो कर आदिका नाममा यो घुमेर शिक्षामा लगानी भएको छ तर हामीले त्यही सरकारी विद्यालयलाई बेवास्ता गर्दा शिक्षा झन महँगो भएको उहाँले बताउनुभयो ।

एसएलसी पास गरेका शिक्षकले पढाउने निजी विद्यालय भन्दा शिक्षा सेवा पास गरेर आएका सामुदायिक विद्यालयमा पढाउने शिक्षक सयौँ गुण योग्य भए पनि उनीहरूको बेमतलबका कारण सरकारी विद्यालयको गुणस्तर खस्केको उहाँको आरोप रहेको थियो । अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केको उहाँले आरोप लगाउनुभयो । निजी विद्यालयमा पढाए चिटिक्क पारेर बच्चा विद्यालय पठाउने समयमा गृहकार्य र्गयो गरेन चेक गर्ने शिक्षकले कस्तो पढाउँछन भनी बुझ्ने तर सामुदायिकमा जाने विद्यार्थीलाई धुलो मैलो जे भए पनि अभिभावकले वास्ता नगर्ने बच्चाले गृहकार्य गर्याे गरेन कस्तो पढाउँछन शिक्षकले नबुझ्ने गर्दा नै सामुदायिक विद्यालयको गुणस्तर खस्केको उहाँले बताउनुभयो ।

अभिभावक र शिक्षक जिम्मेवार हुने हो भने निजी विद्यालय बन्द हुने उहाँले बताउनुभयो । जिम्मेवार पूर्वक विद्यालय र विद्यार्थीको भविष्य हाम्रो हातमा छ भन्ने भान शिक्षक शिक्षिकामा हुने हो भने विद्यालय सुधार हुन्छ यसमा होस्य र हैँसे समुदाय विद्यालय व्यवस्थापनले केही गरे मात्र पुग्ने उहाँको धारणा थियो ।

कार्यक्रममा चाँगुनारायणका नगर प्रमुख जीवन खत्री चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अध्यक्ष जनक खत्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर काफ्ले समितिका पदाधिकारीहरू विद्यालयका संस्थापक प्र.अ सहदेव साखकर्मी लगायतको उपस्थिति थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न