निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न | Jana Aawaj News

निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न

२०० पिन्ट रगत संकलन

पढ्न लाग्ने समयः 4 मिनेट
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न : Jana Aawaj News

नारायण थापा
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१८० औं रक्तदान अभियान सम्पन्न गरेको छ ।


आज काठमाडौंको तार्केश्वर नगरपालिकास्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २०० पिन्ट रगत संकलन भएको छ ।


उक्त कार्यक्रममा तार्केश्वर नगरपालिकाका उप–प्रमुख सृजना बुर्लाकोटीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निरन्तर रुपमा गर्दै आईरहेको रक्तदानको कार्यक्रमले तार्केश्वर नगरपालिकामा रगतको अभाव हुदैन यदि रगत अभाव भए परमेश्वरको मण्डली भएको बताउनुभयो । तार्केश्वरलाई उत्कृष्ट नगरपालिका बनाउनका लागि सामाजिक कार्यमा निरन्तर सक्रिय रुपमा कार्यक्रम गर्दै आईरहेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले जस्तै अरुले पनि समाजिक कार्यमा निरन्तर सहभागि हुने हो, भने सामाजिक कार्यमा उत्कृष्ट नगरपालिका बनाउन सकिले बताउनुभयो । यस्ता खालका कार्यक्रमहरुमा निरन्तर नगरपालिकाको सहयोग र सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । हाम्रो समाजमा विभिन्न धार्मिक सम्प्रदाय जातजाती र संस्कृति फरकफरक भएको मानिसहरुको बाहुल्यता भएकोले तार्केश्वर नगरपालिकाले धर्म र संस्कृतिलाई जगेर्ना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


कार्यक्रममा तार्केश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठले जुनसुकै धर्ममा आस्था राखेता पनि हामी सबै मानव विवेकशिल प्राणी भएकाले हामीहरु समाजमा मिलेर बस्ने एक आपसमा सहयोग, सद्भाव र मेलमिलापमा रहनुपर्ने बताउनुभयो । रगत मानिसको जिवन बचाउन नभई नहुने अमुल्य भएकोले रक्तदान कार्यक्रमले रगतको चरम अभावलाई परमेश्वरको मण्डलीले केहि हदसम्म भएता पनि सहयोग पुग्ने बताउनुभयो ।


यस्तै लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका अध्यक्ष लक्ष्मी दनुवार राईले सामाजिक कार्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निरन्तर विभिन्न स्वंम सेवाको कार्य गर्दै समाज र राष्ट्रको हितका लागि गरेको यो कार्य सह्रायिन भएको बताउनुभयो । भविष्यमा पनि लायन्स क्लब परमेश्वरको मण्डलीसँग सहकार्य गर्दै यस्ता कार्यक्रम निरन्तर गर्न अनुरोध गर्नुभयो । सारा संसारमा रगतको अभाव भैरहेको यो समयमा मण्डलीले गरेको उक्त कार्य प्रशंम्सनिय भएको बताउनुभयो ।


कार्यक्रममा परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले भन्नुभयो–‘‘निस्तार–चाडद्वारा मानव जातिलाई मुक्ति दिनुभएका येशू ख्रीष्टको बलिदान र प्रेमलाई कार्यान्वयन गर्न जीवन बचाउने अमूल्य कार्यमा सबै सन्तहरू एउटै चित्तका भएका छन् । रगतको अभाव भएका व्यक्तिहरूको स्वास्थ्यमा शीघ्र सुधार आएर खुशीसाथ दैनिक जीवनमा फर्कन सकून भनी कामना गर्दछु ।’’ मण्डलीले नेपालमा विभिन्न जिल्लाहरुमा लगातार रक्तदानको कार्यक्रमलाई लामो समयदेखि निरन्तरता दिदैं आइृरहेको छ । परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान र प्रेम समाविष्ट ‘नयाँ करार निस्तार–चाडको सम्झनामा विश्वका ठाउँ–ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डलीले कोभिड –१९ ले निम्त्याएको रगत अभावको समस्या न्यूनीकरण गर्नमा मद्दत मिल्ने अपेक्षा राखेको छ । निस्तार–चाड passover चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको परमेश्वरको चाड हो । निस्तार–चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप–क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।


परमेश्वरको मण्डलीले काठमाडौं, पोखरा, ललितपुर, भक्तपुर जस्ता क्षेत्रहरूमा निरन्तर रूपमा रक्तादान कार्यक्रम गर्दै रक्त आपूर्ति स्थिरताको कामना गर्दैआएको छ । यति मात्र नभएर अन्य विविध तरिकाहरूद्वारा समाजमा आशा बाँड्ने कार्य पनि गरिरहेको छ । मण्डलीद्वारा, भावी पुस्ताको कर्णधार रहेका भक्तपुरको श्री आशापूरी प्राथमिक विद्यालयका विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति झोला, कपडा र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । यस्तै काठमाडौँको मित्र पार्क, मेडिकल कलेज, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र लोक स्मृति माध्यमिक विद्यालय, अनि पोखराको पृथ्वी नारायण क्याम्पस परिसर लगायतका स्थानहरूमा सरसफाई गर्दै स्थानीय वातावरण संरक्षणमा मण्डलीले प्रयत्न गर्दैआएको छ ।


सन् २०१५मा गएको महाभूकम्पको समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत–सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गरेका छन् । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरिएको थियो । यसबाहेक मण्डलीले यातायातको सुविधा नभएको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरण समेत गरेको छ । भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले मानिसहरूमाझ उपहारस्वरूप आशा प्रदान गरेको छ ।


परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३५ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड–१९ का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २४,००० पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरेको छ ।


ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू०, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३,५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा–पत्र, भक्तपुरका शाखा प्रबन्धकबाट प्रशंसा–पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रबन्धकबाट प्रशंसा–पत्र प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ ।

+ posts