वर्षको उत्कृष्ट १३९ जना खेलाडी तथा रेफ्रि र निर्णायकहरुलाई सम्मान | Jana Aawaj News

वर्षको उत्कृष्ट १३९ जना खेलाडी तथा रेफ्रि र निर्णायकहरुलाई सम्मान

पढ्न लाग्ने समयः 2 मिनेट
वर्षको उत्कृष्ट १३९ जना खेलाडी तथा रेफ्रि र निर्णायकहरुलाई सम्मान : Jana Aawaj News

रसिला थापा
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७६/७७/७८, र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई बधाई तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई हिजो बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले उत्कृष्ट खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट प्रशंसापत्र र मायाको चिनोको रुपमा नपाको लोगो अंकित ट्रयाक सुट वितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले खेलकुद अनुशासनको पर्याय भएको बताउँदै खेलकुदको महत्वको विषयमा युवाहरुलाई शिक्षित गर्नु आवश्यक भएको बताउनुभयो । खेलकुदलाई मानव जीवन र सिंगो समाजको महत्वपूर्ण अंगको रुपमा विश्लेषण गर्दै उहाँले स्वस्थ जीवन जिउन र देश तथा समाजको सेवा गर्न खेलकुदको ठूलो भूमिका हुने बताउनुभयो । खेलकुदलाई व्यक्तिगत स्वार्थ र पदीय लुछाचुँडीको विषय बनाउन नहुने बताउँदै मित्रता र सहयोगको भावनालाई कायम राख्न खेलाडीहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलको माध्यमबाट भक्तपुरको नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरुलाई बधाई एवम् शुभकामना दिँदै विद्यार्थी तथा युवाहरुले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । भौतिक पूर्वाधारको अभावबीच पनि भक्तपुरका खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो खेल प्रदर्शन गरिरहेको बताउँदै भक्तपुरमा खेलकुदको पूर्वाधार विकास गर्ने विषयमा युवा तथा खेलकुद समितिले क्रियाशीलता देखाइरहेको बताउनुभयोे । उहाँले नेपालमा गणतन्त्र स्थापनासँगै नेपाली जनताले शिक्षा, स्वास्थ्यमा समान पहुँच पुग्ने, रोजगारीको सुनिश्चितता आदिको अपेक्षा गरे तापनि गणतन्त्र स्थापनाको १५ वर्ष बितिसक्दा पनि जनताको जीवनस्तर झन् झन् कमजोर हुँदै गएको बताउनुभयो ।
राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीको संरक्षण गर्दै नयाँ नयाँ उपलब्धीहरु पाउन अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले समाज परिवर्तनको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले खेलाडीहरुलाई खेल जीवनमा अझ उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै खेलकुद क्षेत्रमा नयाँ पुस्तालाई अगाडि ल्याउन सम्बन्धित निकाय र अभिभावकहरुको भूमिका महत्वपूर्ण भएको बताउनभुयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको खेलकुद समितिले विविध खेलकुद गतिविधि गर्नुका साथै खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै खेलाडीहरुलाई उत्साहित गर्ने कार्य गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपाले भलिबल, टेबलटेनिस, कबड्डी, जिमनास्टिक, शारीरिक सुगठन, पावर लिफ्टिङ, बक्सिङ, टेनिस, भारोत्तोलन, उसु, बास्केटबल, किक बक्सिङ, ब्याटमिन्टन, सितेरियो कराँते, खोखो, एथ्लेटिक्स, पोर्टबल, बुद्धिचाल, फुटबललगायतका खेल विधाका वर्ष उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय पदक प्राप्त १३९ जना खेलाडी, रेफ्रि, निर्णायक र प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न