भक्तपुरको गोल्डेन सुनगाभा स्कुलमा नमूना संसद अभ्यास हुदैं | Jana Aawaj News

भक्तपुरको गोल्डेन सुनगाभा स्कुलमा नमूना संसद अभ्यास हुदैं

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको गोल्डेन सुनगाभा स्कुलमा नमूना संसद अभ्यास हुदैं : Jana Aawaj News

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा अंग्रेजी बोडिङ स्कुलले नमूना संसद अभ्यास गर्ने भएको छ ।


त्यसको तयारी स्वरुप केही दिन अगाडी निर्वाचन प्रक्रिया अनुसार मतदान गरेर संसद चयन गर्ने कार्य सकिएको विद्यालयका इन्र्चाज विनय खड्काले जानकारी दिनुभयो । ‘‘हामी दल जस्तै रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउस छुट्याएर उम्मेदवार बनाएको थियो,’’ उहाँले भन्नुभयो । जसबाट प्रत्यक्ष तर्फ १२, समानुपातिक तर्फ ८ र १ जना मनोनित हुने व्यवस्था सहित नमूना संसदमा २१ जना सांसद रहने शिक्षक खड्काले जानकारी दिनुभयो ।

सामाजिक शिक्षा विषय अन्र्तगत कार्यपालिका र व्यवस्थापिकाको अभ्यास सिकाउने मुख्य उद्देश्यका साथ नमूना संसदको कार्य गरिएको विद्यालयका प्राचार्य महेशचन्द्र गौतमको भनाइ रहेको छ । यस कार्यमा कक्षा ३ देखि कक्षा १० सम्मका ३८७ जना विद्यार्थीहरुले मतदान गरेका प्राचार्य गौतमले जानकारी दिनुभयो । सो निर्वाचन प्रक्रियामा कक्षा ४ देखि १० सम्मका ४८ जना विद्यार्थीले उम्मेवारी दिएका थिए ।

विद्यालय किताबी ज्ञान मात्रै नभए अन्य कुरा सिकाउने उद्देश्य लिएर नमूना संसदको अभ्यास गर्न लागिएको विद्यालयका अध्यक्ष लीलानाथ निरौलाले बताउनुभयो । रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउसलाई दल मानेर चस्मा, पंखा, गमला र कुर्सी चुनाव चिन्ह् दिएका थियौं, अध्यक्ष निरौलाले भन्नुभयो । असार ७ गते बस्ने नमूना संसद अगाडी सपथ खुवाउने र ७ गते जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने र सभामुख चयन गर्ने कार्यक्रम रहेको छ । यो अभ्यास सधै होइन तीन तीन वर्षको फरकमा गर्ने सोच विद्यालयले बनाएको अध्यक्ष निरौलाले बताउनुभयो ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न