के तपाई धेरै समय अनलाइनमा बस्नुहुन्छ ? | Jana Aawaj News

के तपाई धेरै समय अनलाइनमा बस्नुहुन्छ ?

पढ्न लाग्ने समयः < 1 मिनेट
के तपाई धेरै समय अनलाइनमा बस्नुहुन्छ ? : Jana Aawaj News

एजेन्सी । आज भोली प्राय स्मार्ट फोन प्रयोग गर्ने जो कोहि पनि आफ्नो धेरै समय सामाजिक सञ्जालमा बिताउने गर्दछन् ।

विशेष गरी फेसबुकमा आफ्नो साथीसँग लामो समय अनलाइनमा बस्ने युवाहरुमा अनिन्द्रा, डिप्रेसन र चिन्ता रोगको खतरा बढ्दै गइरहेको अनुसन्धानकर्ताहरुले बताए छन् । समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने गरेको उनिहरुको दाबी छ ।

विभिन्न अनुसन्धानबाट करिब ९० प्रतिशत किशोर किशोरी समाजिक सञ्जालमा रमाउने गरेको उनीहरुमा भावनात्मक र आवेगपूर्ण समस्या देखिएको अध्यययनमा बताइएइएको छ । यस्तो समस्याले उनीहरुको प्रौढ अवस्थालाई अझ बिकाराल बनाउने चेतावनी समेत दिइएको छ ।
ग्लासगोउ युनिर्भसिटीका प्राध्यापक तथा अनुसन्धान टोलीका सदस्य डा. हिदर क्लिलेन्ड वुड अनुसार, ‘युवाहरुमा डिप्रेसन, चिन्ता र अनिन्द्राको बढ्दो जोखिममा हुन्छन् र सामाजिक सञ्जालले यसलाई अझै समस्या बढाएको छ ।

म्यान्चेस्टरको ब्रिटिश साइकोलोजिक सोसाईटीमा शुक्रबार पेस गरिएको उनको अध्ययनमा ४६७ किशोर किशोरीलाई समग्रमा प्रश्न सोधिएको थियो । उनीहरुलाई राती कति बजेसम्म सामाजिक सञ्जालमा समय कटाउछन् भन्ने विषयमा प्रश्न सोदिएको थियो ।
फेसबुक, ट्युटर, ह्वाट्सएपले उनीहरुको सुत्ने समय, निद्राको प्रकृति र सामाजिक जीवनमा कत्तिको प्रभाव पारेको छ, भन्ने उदेश्यले यो अध्ययन गरिएको हो ।

सामाजिक सञ्जालको प्रयोग, रातीमा अनलाईन र आवेग इत्यादिका कारण उनीहरुको निन्द्रामा ठूलो प्रभाव पारेको थियो । यसअघि पनि क्यानडाका स्वास्थ्य अधिकारीहरुले गरेको एक अनुसन्धानमा सामाजिक सञ्जाल र मनोवैज्ञानिक समस्यामा सम्बन्ध रहेको खुलासा गरेका थिए । ओटावाका ७ सय माध्यामिक स्तरका विद्यार्थीमा गरिएको एक अध्ययनमा दिनमा दुई घन्टा सामाजिक सञ्जालमा व्यस्त हुने विद्यार्थी अन्यको तुलनामा तीन गुना मानिसक रुपमा कम्जोर भएको समेत पाइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न