कर्णालीमाथि आर्मीको जित | Jana Aawaj News

कर्णालीमाथि आर्मीको जित

पढ्न लाग्ने समयः < 1 मिनेट
कर्णालीमाथि आर्मीको जित : Jana Aawaj News

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मीले विजयी भएको छ । आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गर्न सफल भएको हो ।

आजको खेलका पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाउन सफल रह्यो भने, आर्मीका कप्तान विनोद भण्डारीले नकआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाएका थिए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्लले २१ रन बनाएर आउट भएका थिए ।

यसैगरी कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिन सफल भए । जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडका थिए ।

आइतबारको खेलमा आर्मीले तालिकामा १० अंक बनाउदै तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझै २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना केहि देखिएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न