काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिने भएका छन् । ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्न लागेको बताइएको छ ।
उक्त फिल्म एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने बताइएको छ ।
निर्माता ढुंगानाको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गर्नुभएको छ । कार्यक्रममा एसिड(तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा ओलिले नेपालको न्याय प्रणाली दोषी भए पनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्याय प्रणाली प्रभावकारी नभएको बताउदै नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता रहेको बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 295980