अकल्यान्डको सुपरमार्केटमा आतंककारी हमला, हमलाकारीको प्रहरीद्धारा इन्काउन्टर | Jana Aawaj News

अकल्यान्डको सुपरमार्केटमा आतंककारी हमला, हमलाकारीको प्रहरीद्धारा इन्काउन्टर

पढ्न लाग्ने समयः < 1 मिनेट
अकल्यान्डको सुपरमार्केटमा आतंककारी हमला, हमलाकारीको प्रहरीद्धारा इन्काउन्टर : Jana Aawaj News

एजेन्सी । न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित एउटा सुपर मार्केटमा कम्तीमा छ जना मानिसलाई छुरा रोपेर घाइते बनाउने एक हिंसात्मक अतिवादीलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ । प्रधानमन्त्री जासिन्दा आर्डेनले ती आक्रमणकारी आपराधिक पृष्ठभूमिका कारण प्रहरीको निगरानीमा रहँदै आएका श्रीलंकाली नागरिक भएको जानकारी गराइएको छ ।
यस्तै अकल्यान्डका मेयर फिल गोफले अस्पताल परिवारले तिनीहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गरिरहेको बीबीसीलाई बताएका छन् । शुक्रबार अपराह्न अकल्यान्डको न्युलिन जिल्लाको लिनमलस्थित काउन्ट डाउन सुपरमार्केटमा यस्तो अप्रत्यासित घटना घटेको हो । प्रधानमन्त्री आर्डेनले कुनै समूहबाट नभई एकल व्यक्तिबाट भएको यस आक्रमणलाई घृणित एवं अक्षम्य घटना भन्दै भत्र्सना गरेकी छन् ।
आर्डेनले नाम नखुलाइएका ती आक्रमणकारी इस्लामिक स्टेट आइएस आतंककारी समूहका समर्थक रहेको पनि पुष्टि गरेकी छन् । शुक्रबार प्रहरीले कारबाही शुरू गरेको ६० सेकेन्डमै उनलाई मार्न सफल भएको थियो । स्वास्थ अधिकारीहरूका अनुसार घाइते चारजनाको स्थिति गम्भीर रहेको छ । प्रधानमन्त्री आर्डेनले आतंकवादविरुद्धको कानुनलाई अझै कडा बढाउने प्रतिबद्धता जाहेर गरेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न