परमेश्वरको मण्डलीद्वारा १,२६८ औं विश्वव्यापी रक्तदान अभियान सप्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा १,२६८ औं विश्वव्यापी रक्तदान अभियान सप्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्वारा १,२६८ औं विश्वव्यापी रक्तदान अभियान सप्पन्न : Jana Aawaj News

रशिला थापा

नेपालगञ्ज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,२६८ औं विश्वव्यापी रक्तदान अभियान सप्पन्न गरेको छ ।

नेपालगञ्ज परमेश्वरको मण्डलीमा आयोजना गरिए‌को कार्यक्रममा नेपालगञ्ज र वीरेन्द्रनगर मण्डलीका सदस्य र स्थानिय गरी करिब १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।

परमेश्वरको मण्डलीका अनुसार ‘निस्तार चाड’ भनेको ‘विपत्ति पार हुने’ अर्थ समाबेश रहेको परमेश्वरको चाड हो। योचाहिँ येशू खृष्ट क्रुसना बलिदान हुनुअघि आफ्नो देह र रगतलाई संकेत गर्ने रोटी र दाखमद्यद्वारा उहाँले नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिक्षा गर्नुभएको दिन हो।

मण्डलीका एक सदस्यले भन्नुभयो, रक्तदान भनेको रगतको जरुरत परेको बिरामीलाई बचाउने एक मात्र तरिका हो, तर यसलाई कृत्रिम रूपमा बनाउन या प्रतिस्थापन गर्न नसकिने भएकोले निरन्तरको रक्तदानले मात्र रगतको आपूर्ति र मागलाई परिपूर्ति गर्न सक्छ। सन्तहरू खृस्टको निस्तार-चाडको प्रेमलाई अनुकरण गर्दै त्यसलाई व्यवहारमा लागू गर्न एउटै मनका भएर जीवन बचाउने अमूल्य कार्यमा लागेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित नेपालगञ्जका उप मेयर कमरुद्दिन राइले रक्तसंकटको बखतमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा मण्डलीमति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले सबैको जीवनको निम्ति रंगत महत्यपूर्ण छ, कुनै ठाउँमा हेर्दा रगत अभावको कारण मानिस छटपटाइ रहेका छन्, त्यसैले विभिन्न संघ संस्थाहरूले यो कार्यक्रमलाई हेरेर सिक्नु पर्नै बताउदै सबैले रक्तदान गरौ भन्नुहुदै रक्तदान गर्नुहुने सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

गत महिना पनि बुटवल परमेश्वरको मण्डलीमा रक्तदान कार्यक्रम आयोजना गरी ११० जनाले रक्तदान गरेका थिए। परमेश्वरको मण्डलीले अनवरत रूपमा रक्तदान सरसफाई तथा स्वयंसेवाको गतिविधि गर्दै आएको छ। केही समय अघि मात्रै काठमाडौं, इटहरी, टीकापुर, भरतपुर, पोखरा, तारकेश्वर र हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ७ चोटिको कार्यक्रममा १,२२६ जनाले सहभागिता जनाएका थिए, जसमध्ये १६२ जनाले सफलतापूर्वक ३,११,८०० एमएल रक्तदान गरेका थिए ।

परमेश्वरको मण्डलीले रक्तदान लगायत सामाजिक कल्याणलाई प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू गर्दैआएको छ। माघ २८ गतेका दिन मण्डलीले भविष्यका कर्णधार बालबालिकाहरूका लागि नुवकोटको तुप्चेश्वरस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयलाई १० वटा कम्प्युटर सहयोग गरेको थियो । यसअघि, माघ ५ गतेका दिन परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले ललितपुरको वृद्धाश्रममा भ्रमण गरी ज्येष्ठ नागरिहरूलाई सम्मान र कृतज्ञता व्यक्त गर्न रात्रि भोजको आयोजना गरेको थियो। यसैगरी  देशभरका पार्क, खोला, बस स्टप, पुल, विश्वविद्यालय आदि सरसफाइ गरेर वातावरण संरक्षण गर्ने कार्यमा पनि सक्रिय भएको छ ।

विश्वको १७५ राष्ट्रका ७,५०० भन्दा बढी स्थानीय मण्डलीहरूमा करीब ३७ लाख विश्वासीहरू आबद्ध रहेको परमेश्वरको मण्डली एक विश्वव्यापी मण्डली हो। मण्डलीले बाइबल अनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै “छिमेकीलाई आफ्नो शरीरलाई झैं  प्रेम गर्नु” भन्ने ख्रीष्टको शिक्षाअनुसार स्वयंसेवाको कार्य गर्दै असल उदाहरण देखाइरहेको छ। छिमेकीलाई सहयोग, आपतकालीन राहत, वातावरण संरक्षण, रक्तदान, शैक्षिक सहयोग जस्ता २७ हजार भन्दा बढी स्वयंसेवाका गतिविधिहरू सञ्चालन गरे बापत मण्डलीले अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक जस्ता ४,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ ।

+ posts