सार्वजनिक जग्गा मिचेर बनेका संरचना | Jana Aawaj News

सार्वजनिक जग्गा मिचेर बनेका संरचना

टोखा नगरपालिकाद्वारा हटाउन सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
सार्वजनिक जग्गा मिचेर बनेका संरचना : Jana Aawaj News

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमती नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ । सार्वजनिक जमिन संरक्षण गर्ने अभियानलाई उच्च प्राथमिकता दिँदै नगरपालिकाले नदी आसपास निर्माण भएका अवैध संरचना हटाउने कार्यको सुरुवात गरेको हो ।

टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाउन मंगलबार बिहान डोजर चलाइएको टोखा नगरपालिकाले जानकारी गराएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीको अथक प्रयास र मेहनतमा उक्त कार्यको सुरुवात भएको हो । उहाँले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाएको बताउनुभयो ।

उहाँका अनुसार टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा वासीलाई विष्णुमति करिडोरबाट आवतजावतका लागि सहज गर्न उक्त क्षेत्रमा अवैध रुपमा निर्माण भएका टहराहरुमा डोजर लगाइएको बताउनुभयो । अधिकारीका अनुसार नगरपालिकाले यस अगाडि पटक पटक घर टहरा हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेपछि नगरपालिका डोजर चलाउन बाध्य भएको बताउनुभयो ।

टोखाभित्र एक हजार रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्न नगरपालिका सक्रिय हुँदै आएको हो ।
उक्त समितिले आज टोखा नगरपालिका–८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले बताउनुभयो । उहाँले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमणि करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने छ ।
संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई अभद्र व्यवहार गरेका थिए ।

नगरपालिकाले केही दिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई यस अगाडि देखि नै आग्रह गर्दै आएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न